स्वास्थ्य संस्थालाई अत्यावश्यक उपकरण प्रदान

116
Shares

बैतडी, २७ जेठ ।  शिवनाथ गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै दुर्गमका स्वास्थ्यचौकी तथा सुरक्षित प्रसूति सेवा केन्द्र(बर्थिङ सेन्टर)लाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ ।
स्थानीय तहका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा विनियोजित रकममध्ये रु १५ लाखबाट तीन स्वास्थ्य चौकी तथा १३ बर्थिङ सेन्टरका लागि शल्यक्रियाका सामग्री, प्रसूति श्यया, प्रसूतिका लागि आवश्यक सामग्री, अन्य श्यया,  दराज, स्टेचरलगायत २३ प्रकारका सामग्री वितरण गरिएको हो ।
स्थानीय सरकार मातहत स्वास्थ्य सेवा आइसकेको अवस्थामा तिनलाई स्वचालित गराउन ती उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । घरमा हुने सुत्केरी शून्य गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिकास्थित १३ वटै प्रसूति सेवा केन्द्रमा आवश्यक उपकरण तथा कर्मचारीको व्यवस्था गरिएको उनले जानकारी दिए ।
गाउँपालिकाका सबै स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि स्ट्रेचरका साथै प्रसूति सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण, प्रसूति श्ययालगायत सामग्री सबै स्वास्थ्य संस्थाले प्राप्त गरेको उदयदेव स्वास्थ्य चौकीका इञ्चार्ज नरेन्द्र महतले बताए।   रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *