विद्यालयमै सिकाइयो छात्रालाई सेनेटरी प्याड बनाउन

196
Shares


रुकुमपश्चिम, १९ जेठ । मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ । विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो ।

विद्यालयका सेनेटरी प्याड निर्माण फोकल पर्सन सुशीला शर्माले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएकी थिइन् । प्याड बनाउने कला सिकेपछि कक्षा १० मा अध्ययनरत छात्रा कल्पना ओलीको अध्यक्षतामा गठित सेनेटरी प्याड निर्माण समितिको सक्रियतामा करीब १५० वटा सेनेटरी प्याड निर्माण गरिएको छ ।

प्याड निर्माणका लागि कपडालगायत आवश्यक वस्तु खरीद गर्नका लागि विद्यार्थी आफैँले प्रतिछात्रा रु २० का दरले रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले बताए । महिनावारी भएको समयमा कुनै पनि छात्रा विद्यालयबाट बञ्चित नहुन् भन्नका लागि विद्यालयमा प्याड बनाउन सिकाइएको उनको भनाइ छ ।

सेनेटरी प्याडको निर्माण, निर्माण गर्नुको उद्देश्य तथा निर्माण भइसकेका प्याड र प्रयोग भएका प्याडको व्यवस्थापनका बारेमा प्रअ पौडेलले विद्यार्थीलाई आवश्यक सल्लाहसहित सिकाएका थिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *