पालिकाहरुले एम्बुलेन्स खरीद गर्दा लाग्ने भन्सारमा ९९ प्रतिशत छुट

काठमाडौँ, १६ जेठ । सरकारले स्थानीय तहले खरीद गर्ने एम्बुलेन्सको भन्सार महशुलमा ९९ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेट बक्तव्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा पालिकाहरुले खरीद गर्ने एम्बुलेन्समा १ प्रतिशत मात्रै भन्सार महशुल लिइने उल्लेख छ ।
बजेटमा यस्तो सुविधा मन्त्रालयको सिफारिसमा गाँउपालिकाले २ वटा, नगरपालिकाले तीनवटा र उपमहानगर तथा महानगरपालिकाले चार वटासम्म एम्बुलेन्स गर्दा पाइने उल्लेख छ ।
यो छुटले एम्बुलेन्स खरीदको लागत मूल्यमा कमी हुने देखिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



