तुलसीपुर : लामखुट्टेबाट जोगिन झूल वितरण

96
Shares


तुलसीपुर, ९ जेठ । तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो ।

परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिए । तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई र सोभन्दा माथि हुनेलाई तीन वटासम्म झूल वितरण गरिएको उनले बताए ।

झूल वितरण गर्दै उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले जनताको सुख–दुःखमा स्थानीय सरकार सदैव साथमा रहेको बताइन् । उनले गरीब र विपन्नका लागि उपमहानगरपालिकाले विभिन्न योजना अगाडि सारेको जानकारी पनि दिइन् । वडा नं ६ का वडाध्यक्ष नवराज लामिछानेले जनताका स–साना आवश्यकतालाई ख्याल गरेर आफूले योजना बनाएको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *