क्यान्सर उपचारमा नयाँ सफलता, औषधि चलाएको ११ दिनमै ट्यूमर खुम्चियो

0
Shares

brest carcerएजेन्सी  बेलायतका डाक्टरहरुको समूहले महिलामा हुने स्तन क्यान्सरको प्रभावकारी उपचारका लागि औषधि चलाउने नयाँ सुत्र पत्ता लगाएका छन् । यो नयाँ सुत्रले औषधि चलाएको ११ दिनमै आश्चर्यजनक ढंगले स्तनमा रहेको ट्यूमर खुम्चाएको छ । भने कतिपयमा पूरै निको पारेको छ ।

डाक्टरहरुले लापाटिनिब र ट्रास्टुजुमाब नामक औषधिको कम्विनेशन मिलाई २५७ जना स्तन क्यान्सर विरामी महिलामा परीक्षण गरेका थिए । तर परीक्षणबाट उनीहरुले सोचे भन्दा पनि राम्रो नतिजा निस्कियो ।

म्यान्चेस्टरको एन.एच.एस. अस्पतालमा गरिएको सो अध्ययनमा सहभागी महिलाको स्तन क्यान्सरको आकार १ देखी ३ सेन्टीमिटर सम्म थियो । दुई हप्ता भन्दा छोटो समयको परिक्षणमै सहभागी मध्ये ११ प्रतिशतमा क्यान्सर पुरै हराएर गयो भने १७ प्रतिशत महिलामा ट्यूमर आधा भन्दा बढी खुम्चियो ।

डाक्टरहरुका अनुसार प्रयोग गरिएका औषधि जसलाई हर्सेस्टिनको नामले चिनिन्छ,ले क्यान्सर कोष बढाउने प्रोटिन एचइआरटुमा आक्रमण गरि ध्वस्त पारेको थियो । एचइआरटु स्तन क्यान्सर बढाउन उर्जा प्रदान गर्ने प्रोटिन हो । सो प्रोटिन नै ध्वस्त भएपछि क्यान्सर कोषहरु खुम्चिदै जाने र छिटो सकारात्मक नतिजा देखिने पाइएको हो ।

हालै बेलायतमा भएको इयूरोपियन स्तन क्यान्सर सम्मेलनमा उक्त नयाँ सुत्रको बारेमा जानकारी दिएपछि सहभागी डाक्टर तथा स्वास्थ्य बैज्ञानिकहरुले यसलाई अचम्मको आविष्कारको संज्ञा दिएका छन् । उनीहरुले यो आविश्कारसंगै अब महिलाको स्तन क्यान्सरमा दिइदै आएको केमोथेरापीको पनि आवश्यकता नपर्ने दावी गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *