मेसिनमर्मत नहुँदा एनिमिया रोगका बिरामीको उपचार हुनसकेन

216
Shares

नेपालगञ्ज, २७ वैशाख । यहाँस्थित भेरी प्रादेशिक अस्पतालमा ‘सिकलसेल एनिमिया’ जाँच गर्ने मेसिन‘ एचबी इलोक्ट्रोफोरेसिस’ तीन महीनादेखि बिग्रेको अवस्थामा छ ।

मेसिनमर्मत गरी सञ्चालनमा नल्याउदा उपचारका लागि अस्पताल पुग्ने बिरामी निराश भएर फर्कनु परेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले फागुन महीनादेखि बिग्रेको मेसिन दक्ष इञ्जिनीयर अभावका कारण मर्मत हुन नसकेको बताए ।

सो अस्पतालको सामाजिक सेवा इकाइमा हाल ६६५ जना सिकलसेल एनिमियाका बिरामीलाई विपन्न नागरिक उपचार निर्र्देिशका अनुसार रु एक लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको डा रिसालले जानकारी गराए ।

यसैबीच, यहाँस्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले मेसिन बिग्रनुको कारण र मर्मत वा नयाँ खरीद प्रक्रियाका बारेमा अस्पतालसँग सूचना माग गरेको छ ।

केन्द्रका कार्यक्रम व्यवस्थापक रवीन्द्रकुमार ज्ञवालीले आफूहरुले सिकलसेल एनिमियाका बिरामीको सहज उपचारको व्यवस्थाका लागि बाँके र बर्दियाका पैरवी गरिरहेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *