मुख्यमन्त्री पौडेलको रक्तचाप जाँच गरी अभियानको शुभारम्भ
हेटौँडा, २१ वैशाख । राष्ट्रिय रक्तचाप मापन अभियान २०१९ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको रक्तचाप मापन गरेर शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको अभियान एक महीना सञ्चालन हुने जनाइएको छ ।
राष्ट्रिय रक्तचाप सोसाइटीको आयोजनामा मकवानपुरको हेटौँडाबाट यो अभियानको शुरुआत भएको हो । अभियानमार्फत् जिल्लामा एक हजार ५०० को रक्तचाप मापन गर्ने तयारी गरिएको अभियानका मकवानपुर संयोजक डाक्टर प्रवीण चौधरीले बताए ।
अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको रक्तचाप मापन गरिएको र नगरबाट पनि अभियान शुभारम्भ गरिएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



