अब सामुदायिक विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड नि:शुल्क
काठमाडौँ, २० बैशाख । सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा अध्ययन्रत छात्राहरुलाई सेनेटरी प्याड निशुल्क उपलव्ध गराउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनमा आज प्रस्तुत गरेको आगामी आर्थिक बर्षको लागि सरकारको नीति तथा कार्यक्रममा महिनावारीका समयमा प्रयोग हुने प्याड निशुल्क दिइने उल्लेख छ ।
महिनावारीका बेला छात्राहरु विद्यालय आउन अप्ठेरो मान्ने र धेरैलाई समस्या शिक्षा क्षेत्रका विज्ञहरुले बताउदै आएका थिए । सरकारको यो निर्णयले छात्रा शिक्षालाई समेत प्रवर्धन गर्ने देखिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



