पूर्वखोलाको सिलुवामा निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न

176
Shares

पाल्पा, २१ फागुन । पूर्वखोला गाँउपालिका १ सिलुवामा महिला स्वास्थ्य सम्वन्धी निशुल्क शिविर आयोजना गरिएको छ । पूर्वखोला गाँउपालिकाको आयोजना तथा नेपाली सेना (गोरखदल गण पाल्पा) र परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा गत शुक्रबार भएको उक्त शिविरमा ४२१ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएका छन् ।

गाँउपालिकाका स्वास्थ्य सह इन्चार्ज मोहन ढकालका अनुसार उक्त शिविरमा ९६ जनाको पाठेघरको मुख क्यान्सर परीक्षण (भिआईए टेष्ट) गरिएको थियो । जसमा तीन जनाको भीआईए टेष्ट पोजेटिभ देखिएको छ ।

सोही अवसरमा २९ जना महिलाले परिवार नियोजनको पाँच बर्षे अस्थायी साधन इम्प्लान्ट राखेका छन् । यस्तै तीन जना महिलाले आईयुसिडी प्रयोग गरेको ढकालले बताए ।

शिविरमा परीक्षण गर्न आएका मध्ये ५ जना महिलाको पाठेघर खसेको पाइएको छ । ती मध्ये ४ जनाको त्यहि उपचार र एक जनालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ ।

शिविरमा आवश्यक पर्नेलाई निशुल्क औषधिको व्यवस्था समेत गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *