राजविराजमा वृहत स्वास्थ्य शिविर

296
Shares


राजविराज, १२ फागन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सप्तरीको सदरमुकाम राजविराजमा सञ्चालित ११ दिने वृहत स्वास्थ्य शिविरमा २९५ जनाको शल्यक्रिया गरिएको छ । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविरमा शल्यक्रिया गर्नेमध्ये सबैभन्दा बढी हर्नियाका ८५ जना, पित्तथैलीका ५४ जना र हाइड्रोसिलका १० जना रहेको नेपाली सेनाले जनाएको छ ।

उक्त शिविरमा छ हजार ३६८ पुरुष र आठ हजार ७६६ महिला गरी १५ हजार १३४ जनाले ३१ हजार ३७४ प्रकारका स्वास्थ्य सेवा लिएको नेपाली सेना भीमदल राजविराजका सेनानी अमरबहादर थापाले बताए । शिविरमा अपेक्षाभन्दा बढी स्वास्थ्य सेवा प्रदान गरिएको जचाउने बिरामीको लागि निःशल्क औषधि समेत दिइएको सेनानी थापाले जानकारी दिए ।

शिविरमा पित्त तथा मिर्गौलाको पत्थरी, पुरुष ग्रन्थीको उपचार, पायल्स तथा हर्निया, पाठेघरको शल्यक्रिया, नाक, कान,घाँटीको उपचार, मानसिक रोगको उपचार, इको (मुटुको भिडियो एक्सरे) तथा क्यान्सरको स्क्रिनिङलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको नेपाल आर्मी मेडिकल कलेजका सहायक रथी डा सुशीलबहादुर रावतले जानकारी दिए ।

एघार दिनमा सात हजारदेखि ७०५ सम्म बिरामी हेर्ने अपेक्षा गरेका थियौं’ तर, बिरामीको चापले स्वास्थ्यकर्मीको टोलीले राति ८ र९ बजेसम्म बसेर बिरामीको सेवा दिइएको उनले बताए ।

शिविरमा नेपाली सेनासहित, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका १२६ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । नेपाली सेनाको सहयोगमा आयोजित वृहत स्वास्थ्य शिविर शनिबार भएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *