जन्मदिनको अवसरमा क्यान्सर सचेतना कार्यक्रम

392
Shares

नवलपुर, १० फागुन । पत्रकार राधा बस्यालले आफ्नो जन्मदिनको अवसरमा क्यान्सर सचेतना कार्यक्रम गरेकी छन् । स्तन क्यान्सरबाट पीडित पत्रकार बस्यालले विहीबार कावासोतीका स्थानीय महिला तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई भेलागरी क्यान्सर रोगबारे आफ्नो अनुभव र अपनाउनुपर्ने सतर्कताको बारेमा जानकारी दिइन ।

मातृभुमी डटकममा कार्यरत २७ वर्षीया पत्रकार बस्याल अहिले पनि क्यान्सर उपचारकै क्रममा छिन् । उनलाई गत जेठमा स्तन क्यान्सर देखिएको थियो ।

सचेतना कार्यक्रममा बस्यालले क्यान्सर रोगको लक्षणहरु, अपनाउनु पर्ने संयमता तथा रोग लागिसकेपछिको आत्मबल कसरी बढाउन सकिन्छ भन्ने विषयमा आफ्नो अनुभव सुनाएकी थिइन ।

सो अवसरमा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्यसंग गरेको चेतना र जानकारीमुलक कार्यक्रम समेत प्रशारण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका कावासोती नगरपालिका ५ का वडाअध्यक्ष हरि बास्तोलाले आफू पनि क्यान्सर पीडित भएको बताउँदै क्यान्सरलाई जित्न उपचारसंगै आत्मविश्वासको खाँचो रहेको बताए । उनले स्तन तथा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिला पीडित भएको नियमित परीक्षणमा रहन जोड दिए ।

यसैबीच जन्मदिनकै अवसर पारी पत्रकार बस्यालले आफ्नो नामबाट क्यान्सर सचेतना फाउण्डेशन स्थापना गरेकी छन् । नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा उनले राधा क्यान्सर सचेतना फाउण्डेशन सञ्चालनका लागि प्रक्रिया अगाडी बढाइएको जानकारी दिइन । उनको फाउण्डेशनले क्यान्सर रोग रोकथामको लागि जनचेतना फैलाउने कार्यमा सक्रिय हुने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *