सुत्केरी हुन नसकेकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

डोल्पा, ८ फागुन । हिमाली जिल्ला डोल्पामा सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो ।
बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]