सुत्केरी हुन नसकेकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

240
Shares
डोल्पा काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सुत्केरी हुँन नसकेपछि हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेजमा ल्याउँदे । राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उद्धार गरिएको छ । तस्वीर हेमन्त केसी

डोल्पा, ८ फागुन । हिमाली जिल्ला डोल्पामा सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो ।

बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *