मौलाकालिका अस्पतालमा एनआईसीयू र पीआईसीयू सेवा सञ्चालन
चितवन २७ माघ । चौविसकोटी, भरतपुरस्थित मौलाकालिका अस्पतालले आजबाट एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा ल्याएको छ । श्रीपञ्चमीको अवसर पारी ५१ शैय्याको उक्त अस्पतालले आजबाट ५ शैय्याको एनआईसीयू र ३ शैय्याको पीआईसीयू सेवा सुरु गरेको हो ।
ती सेवा सञ्चालनका लागि बालरोग विशेषज्ञहरु डा विश्वबन्धु बगाले, डा ओमकृष्ण पाठक, डा योगराज शर्माको टिम रहेको अस्पतालले जनाएको छ ।
मेडिकल हवको रुपमा परिचित चितवनमा धेरै निजी स्वास्थ्य संस्था खुलेपनि आवश्यकता अनुरुप प्रविधियुक्त सेवा पुरयाउन भने सकेका छैनन् ।
मौलाकालिकाले एनआईसीयू र पीआईसीयू सञ्चालनमा ल्याएपछि जटिल खालका विरामीको उपचारका लागि केही सहजता हुने बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



