बागलुङ : एचआइभी एड्सको परीक्षण

120
Shares

गलकोट, २७ माघ । धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा ४०० जनाले एचआइभी एड्स परीक्षण गराएको अञ्चल अस्पतालले जनाएको छ ।

धौलागिरि अञ्चल अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टर को प्राविधिक टोलीले दुर्गम गाउँ ग्वालिचौरका स्थानीयवासीको एचआइभी एड्स परीक्षण शिविर सञ्चालन गरेको सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताए ।

जिल्लाको ग्वालिचौरमा धेरै क्षय रोगका बिरामी भएका कारण एचआइभी एड्स नमूना परीक्षण गरिएको थियो । एचआइभी एड्स भएका बिरामीलाई क्षयरोगको सङ्क्रमण बढी हुने गरेकाले ग्वालिचौरमै परीक्षण शिविर सञ्चालन गर्नुपरेको आचार्यले बताए ।

एआरटी सेन्टरले एचआइभी एड्स परीक्षण, परामर्श तथा औषधि समेतको सेवा दिने गर्दछ । शिविरमा एआरटी सेन्टर बागलुङका चार जना प्राविधिकले सेवा प्रदान गरेका थिए । बागलुङ जिल्लामा ३७५ जना एचआइभी एड्स सङ्क्रमित व्यक्ति रहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *