मिर्गौलापीडित बालिकाको उपचारका लागि दुई लाख सहयोग

44
Shares

उर्लाबारी, २७ माघ । मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मिर्गौलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि शनिबार रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ ।

सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा बस्दै आएकी मनु लिम्बूको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट सङ्कलन गरेर पठाएको सो रकम उर्लाबारी–३ का वडा सदस्य भिष्म बुढाथोकीले बालिकाकी आमा शुकमायालाई हस्तान्तरण गरेकी हुन् ।

तीन महीनादेखि मिर्गौला रोगबाट पीडित बालिकाको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सनसाइन अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत रेश्माको चार महीनाअघि खुट्टा सुनिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गराउँदा दुवै मिर्गौला खराब भएको पत्ता लागेको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *