दिल्लीमा स्वाइन फ्लुका कारण ११ को मृत्यु

140
Shares

नयाँ दिल्ली, २३ माघ । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ ।

तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निधानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् ।

गत बर्ष स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस बर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लुका विरामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको वेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ ।   रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *