शिशु जन्माउन नसक्दा मृत्यु

डोटी, २० माघ । जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आज दिउँसो ज्यान गएको छ ।
पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ ।
घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दिपायलस्थित अस्पतालमा ल्याइएको थियो ।
उपचारका क्रममा मृत शिशु निकालिएपछि ऐरको ज्यान गएको बताइएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



