प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्राडा अधिकारी
काठमाडौँ, १३ माघ । प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको प्रथम राष्ट्रिय महाधिवेशन शनिबार सम्पन्न भएको छ। महाधिवेशनले प्राडा रामचन्द्र अधिकारीको अध्यक्षतामा संघको नँया कार्यसमिति चयन गरेको छ।
कार्यसमितिमा डा. अजय चौधरी उपाध्यक्ष, र डा वंशदीप खरेल महासचिव चुनिएका छन. । यस्तै सचिवमा डा. सुदर्शन पोख्रेल, कोषाध्यक्षमा डा. ऐश्वर्या श्रेष्ठ चुनिएका छन. । नयाँ कार्यसमितिको सदस्यहरुमा डा जितेन्द्र श्रेष्ठ, डा. सुमन खनाल, डा. हेमन्त शाही, डा. ऋषि केशव भूसाल, डा. नविन झा, डा. लक्ष्मेश्वर मण्डल डा. सबिना खड्का चयन भएका छने । कार्यसमितिको पदावधि ३ वर्षको हुनेछ।
शनिबार राजधानीमा आयोजित संघको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आयुर्वेद क्षेत्रको विकासका लागी आफ्नो पार्टी सदैव लागेको बताएका छन्। कार्यक्रममा बोल्दै उनले सर्वप्रथम नेपाली कांग्रेसको सरकारले नै आयुर्वेदलाई राष्ट्रिय चिकित्सा पद्दतिको रूपमा स्विकार गरेको स्मरण गराउदैं कांग्रेसले आयुर्वेदको महत्त्व बुझेको बताएका छन्।
‘कांग्रेसको सरकारले नै राष्ट्रिय आयुर्वेद नीति पारित गरेको थियो। नीति अनुसारको आयुर्वेद अध्ययन संस्थान बन्न लागेको छ,’ उनले भने, ‘आयुर्वेद अध्ययन संस्थान, राजार्षि जनक विश्वविद्यालयमा आयुर्वेद शिक्षा लगायतका विषमा साथ दिन कांग्रेस तयार छ।’
त्यसैगरि कार्यक्रममा बोल्दै प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. शंकर पौडेलले आयुर्वेद सेवाको विकासमा राज्यले यथेष्ट ध्यान नदिएको गुनासो गरेका छन्। ‘संघिय संरचनामा आयुर्वेदको अस्तित्वलाई स्विकार गरिएको छैन। आयुर्वेदलाई खुम्चाईदा नागरिकले आयुर्वेद सेवाको उपयोग गर्नबाट बञ्चित भएका छन्,’ उनले भने।
यसैबीच पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघलाई शुभकामना सन्देश दिदैं आयुर्वेदलाई चिकित्सा क्षेत्रमा मात्र नभई अध्ययन र अनुसन्धानको क्षेत्र एवं पर्यटन विकासको केन्द्रविन्दु बनाउन आवश्यक नीति कार्यक्रम निर्माणमा ध्यान दिन आवश्यक रहेको बताएका छन्।
२०६९ मा स्थापित प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ नेपाली काँग्रेसको शुभेच्छक संस्था हो। विभिन्न कारणवश यसको अधिवेशन समयमा नै हुनसकिरहेको थिएन।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



