प्रहरी अस्पतालमा विशिष्ट व्यक्तिको उपचार कक्ष निर्माण

136
Shares

काठमाडौँ, १२ माघ । नेपाल प्रहरी अस्पताल पानीपोखरीले विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको स्वास्थ्य उपचारका लागि विशेष उपचार कक्ष निर्माण गरेको छ ।

विसं २०७४ कात्तिक २६ देखि सर्वसाधारणलाई समेत उपचारका लागि खुला गरेको अस्पतालले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्तिको उपचारका लागि विशेष कक्ष निर्माण गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले प्रहरी अस्पतालभित्र विशिष्ट व्यक्तिको लागि उपचार कक्षको खाँचो रहेकाले उक्त कक्ष निर्माण गरिएको जानकारी दिए। “सर्वसाधारणलाई उपचारका लागि खुला गरेपनि विशेष व्यक्तिका लागि उपचार कक्ष स्थापना नभएकाले हामीले उक्त कक्ष स्थापना गरेका हौँ,”–उनले भने ।

यसअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, वीरअस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनीलगायत अस्पतालले विशिष्ट व्यक्तिको उपचारका लागि कक्ष स्थापना गरेर सेवा दिँदै आएका छन् ।

प्रहरी अस्पतालमा हाल दाँत, नाक, कान घाँटी, इमर्जेन्सी, आँखा, छाला, अर्थोपेडिक, सर्जरीलगायतका रोगको उपचार हुँदै आइरहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *