हेल्थ असिस्टेन्टको स्वास्थ्य मन्त्रालय केन्द्रीत आन्दोलन जारी

1.2k
Shares

काठमाडौँ, २९ पुस । मन्त्रिपरिषद्मा पुगेको स्वास्थ्यको नयाँ संरचनामा स्वास्थ्य चौकीको नेतृत्व सीअहेवले पनि पाउने व्यवस्था गरिएपछि आन्दोलनरत हेल्थ असिस्टेन्टहरुले आफ्नो आन्दोलन आज पनि जारी राखेका छन् । उनीहरुले केही बेरअघि माइतीघर देखि नयाँ बानेश्वरसम्म शान्तिपरुर्ण जुलुस गरी पुन माइतीघर पुगेर धर्ना जारी राखेका छन् ।

हेल्थ असिस्टेन्ट संघ नेपालका कार्यबहाक अध्यक्ष दीपेन्द्र खड्काले मन्त्रिपरिषदमा पुगेको नयाँ संरचनाको प्रस्ताव फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताए । उनले आजै मन्त्रिपरिषदको बैठक बस्ने भन्ने थाह पाएको भन्दै त्यसभन्दा अघि नै बार्तामा बोलाए आफूहरु तयार रहेको बताए ।

‘सचिवले बार्ता टोली गठनका लागि प्रस्ताव अघि सारेका छन भन्ने थाह पाएका छौँ । फेरी आजै मन्त्रिपरिषद बैठक पनि बस्दैछ भन्ने बुझेका छौँ । बैठक अघि नै बार्ता भएर समस्याको समाधान हुन पनि सक्छ । अन्यथा आन्दोलन जारी रहन्छ,’ नेपाली हेल्थसंग खडकाले भने ।

हेल्थ असिस्टेन्ट संघले सरकारसंग बार्ता गर्न कार्यबहाक अध्यक्ष खड्काको नेतृत्वमा उपाध्यक्षद्धय मेघराज चापागाँई र प्रकाश परियार, केन्द्रीय सदस्यहरु सीता बानिया र उदयकुमार महतो र प्रेम सिंजाली सहितको छ सदस्यीय टोली गठन गरको छ ।

कार्यबहाक अध्यक्ष खड्काले छैटौँ तहको सीअहेवको संख्या २ हजार भन्दा बढी रहेको र सोही तहको हेल्थ असिस्टेन्टको संख्या दुई अढाई सय मात्रै रहेको भन्दै आफूहरुलाई त्यसले मर्कामा पार्ने बताए ।

सरकारी सेवामा भने हेल्थ असिस्टेन्टको संख्या करीब ५ हजार रहेको बताइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *