प्रेमसागर भन्छन्, ‘१८ बर्षको जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौँ’

92
Shares
– प्रेमसागर कर्माचार्य

काठमाडौँ, २५ पुस । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदानमा युवावर्गलाई आकर्षित गर्न विशेष अवधारणा अघि सारेका छन् । उनले अघि सारेको नयाँ अवधारणामा १८ बर्ष पुग्नासाथ रक्तदान शुरु गर्न भनिएको छ ।

सो अवधारणामा :

‘म रक्तदान गर्नेछु,’

‘मैले रक्तदान गर्न शुरु गरेँ’

‘नियमित रक्तदान सामाजिक दायित्व हो’  भन्ने रहेको छ ।

अध्यक्ष कर्माचार्य भन्छन्, ‘उमावि तहमा पढदै गरेका स्वस्थ युवालाई रक्तदान गर्न उत्प्रेरणा जगाउन यो अवधारणाको विकास गरिएको हो ।’ उनले १८ बर्षको जन्मोत्सव संगै हरेक तीन तीन महिनाको अन्तरमा नियमित रक्तदान गर्न समेत आग्रह गरे ।

उनले १८ बर्षका युवाहरुलाई रक्तदानमा उत्प्रेरित गरी रगत तत्वको आपूर्तिलाई सहज बनाउने आफूहरुको ध्येय रहेको बताए । उनले नयाँ अवधारणामा कोही व्यक्तिले रक्तदान गरी जन्मोत्सव मनाउन चाहेको खण्डमै आई परिवारजन आफन्त र साथीभाईबीच रक्तदान गराउने व्यवस्था मिलाउने समेत बताए ।

यसैबीच सोही अभियान अन्तर्गत कामनपा १९ मरु गणेशस्थानका अनिम राजबाहकले आफ्नो १८ औँ जन्मदिन केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र बालकुमारीमा रक्तदान गरी मनाएका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुरको विशेष आयोजनामा भएको उक्त कार्यक्रममा Start 18 Stars Team का राष्ट्रिय संयोजक परभस ज: आचाजुद्धारा Start 18 Stars Team को लोगो अंकित ब्याज लगाइदिएका थिए ।

व्लड बैंकका निर्देशक डा मनिता राजकर्णिकालाई प्रमाणपत्र प्रदान गरेकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *