‘कोरम’ नपुगेपछि संसदको शिक्षा स्वास्थ्य उपसमितिको बैठक स्थगित

108
Shares

काठमाडौँ, १६ पुस । चिकित्सा शिक्षा विधेयकको विवादिद विषयमा टुंगो लगाउन आज दिउसो २ बजेका लागि तोकिएको संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । तोकिएको समयसम्म चार जना सदस्यमात्रै उपस्थित भएपछि बैठक स्थगित भएको हो ।

स्रोतका अनुसार उपसमिति संयोजक भैरबबहादुर सिंह सहित खगराज अधिकारी, योगेश भट्टराई र सन्तकुमार थारु मात्रै उपस्थित थिए । केहि क्षणमा अर्का सदस्य गगनकुमार थापा पुगेका त थिए तर त्यतिन्जेल सम्म बैठक स्थगित भैसकेको थियो ।

‘अब उपसमितिको बैठक भोलि विहान १० बजे बस्ने र समितिको बैठक पर्सी विहान १० बजे बस्ने भएको छ,’ शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव  विनोद न्यौपानेले बताए ।

चिकित्सा शिक्षा विधेयक हुवहु पास गर्नुपर्ने लगायतका विभिन्न मागहरु अघि सारेका डा गोविन्द केसीको अल्टिमेटम आज सकिदैछ । यसअघि उनले १६ पुससम्म माग पुरा नभए १७ पुस देखि अनसन शुरु गर्ने बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *