पोखरा सडक महोत्सवमा स्वास्थ्य परीक्षण र प्रवर्द्धनका कार्यक्रम गर्दै युवा जनस्वास्थ्यकर्मी

पोखरा, १४ पुस । अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजित सडक महोत्सवमा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम समेत समावेश गरिएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएशन (रेवान) पोखराको आयोजनामा शुक्रबारबाट शुरु भएको महोत्वसमा स्थानीय युवा जनस्वास्थ्यकर्मीहरुले आफ्नो पेशागत क्षमतालाई सदुपयोग र परिचालन गर्दै निशुल्क रुपमा स्वास्थ्य शिक्षा प्रवर्द्धन, प्राथमिक उपचार, परामर्श तथा अन्य जनचेतनामुलक स्वास्थ्यका गतिविधि समावेश गरिएको हो ।

महोत्सवमा धेरैको सहभागिता हुने र यहि अवसरलाई सदुपयोग गर्दै क्रियाशिल जनस्वास्थ्यकर्मी युवाहरुले स्वास्थ्य परीक्षण तथा प्रवर्द्धनका गतिविधि गर्न लागेको जनस्वास्थ्य युवा समाज नेपालका अध्यक्ष सगुन पौडेलले बताए ।

उक्त कार्यक्रममा स्वास्थ्य प्रवर्धन, शिक्षा, प्राथमिक उपचार, जनस्वास्थ्य फोटो प्रतियोगिता, स्वास्थ्य संचार भिडियो तथा डकुमेण्ट्री प्रदर्शनी, रक्तचाप परिक्षण, बीएमआई क्याल्कुलेसन, परामर्श सेवा, पोस्टर प्याम्प्लेट तथा व्रोसर वितरण साथै कान्तिपुर ईण्स्टिचुट अफ हेल्थ साईन्स एण्ड डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा निशुल्क दन्त परिक्षण सेवा समेत थप गरिएको छ ।

जनस्वास्थ्य युवा समाज नेपालको प्राविधिक नेतृत्वमा भएको यो सेवालाई पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको सहयोग रहेको छ ।
कार्यक्रम २०७५ पौष १३ देखि १७ गते सम्म संचालन हुनेछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *