पाल्पामा आयुर्वेदिक स्वास्थ्य शिविर पाँच सय जनाको उपचार

24
Shares

पाल्पा, ४ पुस । रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् ।

रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो ।

“स्वास्थ्य परीक्षण गर्नेको चाप बढेपछि एकदिने शिविरलाई दुई दिनसम्म सञ्चालन गरेका हौँ,” उनले भने ।

रामपुर नगरपालिकाको समन्वय र वडा नं ६ को व्यवस्थापनमा चण्डेश्वरी आयुर्वेदिक प्रालि, काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा आयुर्वेद विभागका पूर्वमहानिर्देशक शेषराज आचार्यसहितको टोलीले आयुर्वेदिक पद्धतिको अध्याधुनिक उपकरणबाट स्वास्थ्य परीक्षण गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *