निस्कासनबाट जोगिन दुई विद्यार्थीलाई दुई दिनको समयसीमा

2.4k
Shares


काठमाडौँ, ३ पुस ।  नेपाली सेनाद्धारा सञ्चालित स्वास्थ्य विज्ञान संस्थानले दुई विद्यार्थीलाई निस्कासन हुनबाट जोगिनका लागि ४८ घण्टाको समयसिमा दिएको छ ।

संस्थानले भक्तपुरस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्वन्धन लिएर सञ्चालन गरेको कलेज अफ मेडिकल पोलिटेक्निकमा अध्ययनरत दुई विद्यार्थीलाई निस्कासन हुनबाट जोगिन ४८ घण्टाको समय सिमा दिएको हो ।

ती विद्यार्थीहरुमा डिप्लोमा इन फार्मेसी तर्फ दोस्रो बर्षमा अध्ययनरत छात्र डिस्कृट राई र सर्टिफिकेट लेभल इन साइकोथेरापी तर्फ दोस्रो बर्षमा अध्ययनत छात्रा ज्योतिकुमारी धामी रहेका छन् ।

संस्थानले निस्कासन गर्नुपर्नाको कारण ती विद्यार्थीहरु एक महिना भन्दा बढी अनुपस्थित रहेको उल्लेख गरेको छ ।

उसले आगामी ५ पुस ( विहीबार) मध्यान्न १२ बजे भित्र कलेजको सम्पर्कमा नआए निस्कासन गर्ने आज प्रकाशित सूचनामा जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *