व्यथा लागेर सुत्केरी हुन नसकेकी १९ बर्षीया गर्भवतीको हेलिकप्टरद्धारा उद्धार

304
Shares

बाजुरा, २ पुस । चार दिन देखि व्यथा लागेपनि सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार भएको छ । खप्तड छेडेदह गाउँपालिका– १ काँडाबाट आइतबार (हिजो) १९ बर्षीया गर्भवती रामकला नेपालीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएको हो ।

काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी हुन नसकेकी १९ वर्षीया रामकला नेपालीलाई हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज पु¥याइएको स्वास्थ्य चौकीका इञ्चार्ज रामचन्द्र यादवले जानकारी दिए।

“समयमै अन्यत्र लैजान भनेका थियौँ, आर्थिक अवस्था कमजोर भएका कारण लैजान सकेनन्,” उनले भने । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाहको समन्वयमा नेपालीलाई सिम्रिक एयरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *