स्वास्थ्यकर्मी ज्येष्ठ नागरिक र बाल स्वास्थ्यमा केन्द्रित

140
Shares

सुर्खेत, २४ मंसिर । तिला गाउँपालिकाले आफ्नो क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिक र बाल स्वास्थ्यमा केन्द्रित हुन भनेको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक तथा चौकी इञ्चार्जसँग आइतबार बसेको बैठकले स्वास्थ्यकर्मीलाई वृद्ध तथा बाल स्वास्थ्यमा केन्द्रित भएर काम गर्न निर्देशन दिने निर्णय गरिएको सो गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले जानकारी दिए, “हामीले यही पुस महीनादेखि गाउँपालिकाका प्रत्येक बस्तीको घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेका छौ,” उनले भने, “आशा गरौं, यसले उनीहरुको स्वास्थ्य सुधारमा सघाउ पु¥याउने छ ।”

उनले भने, “स्वास्थ्यकर्मीले २२ दिनसम्म फिल्ड जनाएर अनियमित हुन थालेकाले १० दिनको फिल्ड बाहेक अरु सबै दिन स्वास्थ्यचौकीमा हाजिरी हुन निर्देशन गरिएको हो।” त्यस्तै, तिला गाउँपालिकाका प्रत्येक विद्यालयका विद्यार्थीलाई दुई महीनाको एक पटक अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको अध्यक्ष योगीले बताए ।

उनका अनुसार इञ्चार्जमार्फत गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मी फिल्डमै पुगेर ज्येष्ठ नागरिक तथा विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि परिचालित हुनेछन् । चिसो समयमा दम न्यूमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगबाट वृद्धवृद्धा र बालबालिका प्रभावित हुने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *