अपाङ्गता भएका ५० जना व्यक्तिको नि:शुल्क दन्त परीक्षण

292
Shares

काठमाडौँ, १६ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको २७ औँ अन्तराष्ट्रिय दिवस २०१८ को अवसर पारी बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा विशेष हेरचाह चाहिने व्यक्तिका लागि निशुल्क दन्त परीक्षण शिविर गरेको छ ।

राष्ट्रिय अपांग  महासंघको आयोजना र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा विभिन्न किसिमका अपाङ्ग भएका करीब ५० जनाले दन्त परीक्षण गराएका छन् ।

उनीहरुको परीक्षणमा डा. पराजिता दिक्षित, डा. सेन्छेमा लिम्बु, डा.सुनिता खनाल, डा. रुजिना भट्टराई, डा. सृष्टि शाह लगायतका दन्त चिकित्सक सहभागी थिए ।

‘कतिपय सुस्तमनस्थितिका पनि थिए । कतिपयलाई सुईद्धारा लठ्याएर मात्रै उपचार गर्नुपर्ने अवस्था पनि थियो । त्यसैले हामीले स्पेशल निड्स कक्षमा ल्याएर परीक्षण गरेका हौँ,’ डा. खनालले भनिन् ।

त्यसो त ती डाक्टरहरुले अपाङ्ता भएका व्यक्तिहरु अझ स्पेल निड्स पिपुलको उपचार गर्न विशेष तालिम लिइसकेका छन् ।

रोटरी इन्टरनेशनल, डिस्ट्रिक ३२९२, नपाल र डिस्ट्रिक ३४९० ताइवान र रोटरी क्लव अफ काठमाडौँ नर्थको सहयोगमा दुई महिना अघि मात्रै केडीसीमा स्पेशलन निड्स सेन्टरको स्थापना गरिएको थियो ।

केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले विशेष हेरचाह चाहिने अर्थात स्पेशल निड्स पिपुलका मुख तथा दन्त परीक्षण गर्नका लागि यतिवेला केडीसी सबैभन्दा उपयुक्त संस्था भएको दावी गरे ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *