भेरी अस्पतालमा दरबन्दीअनुसार चिकित्सक अभाव

256
Shares


बाँके, १५ मंसिर । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दरबन्दीअनुसार चिकित्सक अभाव देखिएको छ । चिकित्सक अभावकै कारण एउटै चिकित्सकले क्षमताभन्दा बढी बिरामीको उपचारमा सहभागी हुनुपर्ने अवस्था रहेको छ ।

अस्पतालमा रहेको ५६ चिकित्सकको दरबन्दीमा अहिले २९ जना कार्यरत छन् । अस्पतालमा नर्स अनिवार्य भए पनि उनीहरूको सङ्ख्यामासमेत सरकारले नै ध्यान दिनसकेको छैन ।

सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो । सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।

अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले बेड थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अस्पतालका मेडिकल सुपेरिटेण्डन्ट रूपानन्द अधिकारी बताउछन् । उनका अनुसार अस्पतालमा रहेको ४३ जना नर्सको दरबन्दीमा अहिले करीब ३६ जना नियमित सेवामै छन् । केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा छन् ।

उनले दरबन्दीअनुसारका चिकित्सक माग गरे पनि प्रदेश र केन्द्रीय दुवै सरकार र अस्पताल विकास समिति उदासिन रहेको बताए । “दरबन्दी छ, तर कतिपय सर्जन चिकित्सकका लागि अस्पतालमा ठाउँ, प्रविधि ९वार्ड र ओपीडी० कै अभाव रहेको अधिकारी बताउछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *