दरबारमार्ग र भाटभटेनीबाट मापदण्ड विपरीतका चुरोट जफत

716
Shares
1
भाटभटेनीमा चुरोट जफत गर्दै अनुगमन टोली

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश नभएका स्वदेशी तथा विदेशी ब्राण्ड चुरोटहरु जफत गरेको छ । टोलीले मंगलबार दरबारमार्गस्थित ग्रिनलाइन सेन्टर प्रालि र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा छापा हानेको थियो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेय, महानगरीय प्रहरीका डिएसपी श्यामबहादुर खत्री तथा जिल्ला जनस्वास्थ्यका निरीक्षक धु्रब अधिकारी सहितको टोलीले ग्रिनलाइन सेन्टरबाट चित्र नभएका तथा भएकामा समेत मापदण्ड नपुगेका ३ कार्टून सामान जफत गरेको थियो । उता नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट ८ काटून चुरोट जफत गरेको छ ।

2

जनस्वास्थ्य निरीक्षक अधिकारीका अनुसार नेपाली ब्राण्डका सूर्य शिखर, तथा विदेशी ब्राण्डका क्यामेल, व्ल्याक लगायतका चुरोटहरु जफत गरेको छ । ती चुरोटमा ९० प्रतिशत चेतावनीमुलक स्वास्थ्य सन्देश समावेश थिएन ।

व्यापारीहरुले भने आफूहरुलाई मापदण्डबारे जानकारी नै नभएकोले विक्रीका लागि राखेको बताएका थिए । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०७१ ले सूर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक राख्नै पर्ने उल्लेख गरेको छ । तर कतिपय उद्योगीहरुले सो नियम अटेरी गर्दै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *