एमपीएचका विद्यार्थीद्धारा डीनको कार्यालयमा तालाबन्दी
काठमाडौँ, ४ मंसिर । आफूहरुको ७२ घण्टे अल्टिमेटमको सुनुवाई नगरेको भन्दै पोखरा विश्वविद्यालयमा अध्ययनरत एमपीएचका विद्यार्थीहरुले विश्वविद्यालय अन्तरगर्तको स्वास्थ्य विज्ञान संकाय, डीनको कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गरेका छन् ।
नोवेल कलेजले फागुनमा लिनुपर्ने विद्यार्थी भर्ना कात्तिकमै खुला गरेको र विद्यार्थीहरुको भविस्यमाथि खेलवाड गरेको भन्दै कारवाही गर्न माग गरेका थिए ।
उनीहरुले प्रवेश परीक्षा विश्वविद्यालय स्वयंले लिनुपर्ने समेत माग राखेका थिए । सो मागको सुनुवाई नभएको भन्दै आफूहरुले तालाबन्दी गरेको विद्यार्थी राजेश यादवले बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



