अन्तराष्ट्रिय प्याथोलोजी दिवसमा प्रभातफेरीको आयोजना

52
Shares

काठमाडौँ, २९ कात्तिक । अन्तराष्ट्रिय प्याथोलोजी दिवसको अवसरमा एसोसिएशन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (असीपीएन) आज प्रभातफेरी गरेको छ ।

विहान बसन्तपुरबाट शुरु भएको प्रभातफेरी न्युरोड, रत्नपार्क भद्रकाली शहीदगेट हुँदै फेरी बसन्तपुरमै गएर टुंगेको थियो ।

प्रभातफेरी पछि अन्तमा बरिष्ठ प्याथोलोजिष्टहरु डा. जंगबहादुर थापा, डा. श्यामकुमार रौनियार, डा. विदुर ओस्ती, डा. राजेश पन्त र डा. रंगबहादुर बस्नेतले केक काटेका थिए ।

त्यसबेला सबै सहभागीले ‘म प्याथोलोजिष्ट भएकोमा गर्व गर्छु,’ भन्ने नारा लगाएका थिए । काठमाडौँमा भएका ५८ जना प्याथोलोजिष्ट र प्याथोलोजी रेसिडेन्टहरु ‘तपाँईहरुको प्याथोलोजी जस्तो हुन्छ, तपाईँको चिकित्सा प्रमाणी पनि त्यस्तै हुँन्छ,’ लेखिएको सेतो र निलो टी सर्ट
लगाई प्रभातफेरीमा सहभागी भएका थिए।

प्रभातफेरी मार्फत चिकित्सा सेवालाई गुणस्तरीय बनाउनु छ भने  प्याथोलोजी सेवालाई पनि गुणस्तरीय बनाउनु पर्ने संदेश दिन खोजेको एसोसिएसनका उपाध्यक्ष डा. रुना झा ले बताउनु भयो।

अन्तरराष्ट्रिय प्याथोलोजी दिवस सन् २०१४ देखि रोयल कलेज अफ प्याथोलोजिस्ट (यु के) को पहल मा स्वास्थ्य क्षेत्रका चुनौतिहरुको सामना गर्न प्याथोलोजीले पुर्याउने गरेको योगदानको कदर गर्न मनाउन थालिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *