प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएन, महाराजगञ्जको मनमोहन सेन्टरमा भर्ना

964
Shares

काठमाडौँ, १२ कात्तिक । सुधार हुँदै गएको भनिएको स्वास्थ्य राती एक्कासी विग्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । उनलाई सोमबार विहानै साढे ३ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगि त्यहाँ रहेको भिआईपी सिसियू कक्षमा भर्ना गरी उपचार शुरु गरिएको छ ।

उपचारमा सम्लग्न एक जना चिकित्सक अनुसार गय राती उनको सुगर लेभल एक्कासी बढेको थियो । छातीको इन्फेक्सन खासै नदेखिएपनि घ्यार घ्यार नरोकिएको समेत उनले बताए ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्यासिंह शाह राती एक बजे अमेरिकाबाट आउनासाथ बालुवाटार पुगेर जिम्मेवारी सम्हालेकि थिइन । उनैको पहलमा राती साढे तीन बजे अस्पताल लगिएको हो ।

त्यसअघि अर्का निजी चिकित्सक डा दिलिप शर्माको नेतृत्वमा डा सन्तकुमार दाश सहितको टोलीले बालुवाटारमै रहेर उनको स्वास्थ्य उपचारमा खटिएका थिए ।

प्रधानमन्त्री ओली स्वास्थ्य विग्रिएकै कारण शनिबार आफ्नो पार्टीद्धारा आयोजित चियापानमा समेत सहभागी भएनन् । डा दिलीप शर्माले उनलाई सामान्य इन्फेक्सन तथा ज्वरो देखिएको भन्दै कम्तीमा ३ दिन आराम गर्न सुझाव दिएको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *