प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएन, महाराजगञ्जको मनमोहन सेन्टरमा भर्ना

964
Shares

काठमाडौँ, १२ कात्तिक । सुधार हुँदै गएको भनिएको स्वास्थ्य राती एक्कासी विग्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । उनलाई सोमबार विहानै साढे ३ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगि त्यहाँ रहेको भिआईपी सिसियू कक्षमा भर्ना गरी उपचार शुरु गरिएको छ ।

उपचारमा सम्लग्न एक जना चिकित्सक अनुसार गय राती उनको सुगर लेभल एक्कासी बढेको थियो । छातीको इन्फेक्सन खासै नदेखिएपनि घ्यार घ्यार नरोकिएको समेत उनले बताए ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्यासिंह शाह राती एक बजे अमेरिकाबाट आउनासाथ बालुवाटार पुगेर जिम्मेवारी सम्हालेकि थिइन । उनैको पहलमा राती साढे तीन बजे अस्पताल लगिएको हो ।

त्यसअघि अर्का निजी चिकित्सक डा दिलिप शर्माको नेतृत्वमा डा सन्तकुमार दाश सहितको टोलीले बालुवाटारमै रहेर उनको स्वास्थ्य उपचारमा खटिएका थिए ।

प्रधानमन्त्री ओली स्वास्थ्य विग्रिएकै कारण शनिबार आफ्नो पार्टीद्धारा आयोजित चियापानमा समेत सहभागी भएनन् । डा दिलीप शर्माले उनलाई सामान्य इन्फेक्सन तथा ज्वरो देखिएको भन्दै कम्तीमा ३ दिन आराम गर्न सुझाव दिएको बताएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *