३२ लाख बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप (एमआर भ्याक्सिन) दिइदै

856
Shares

measles_rubella_bigकाठमाडौँ – दादुरा र रुवेला विरुद्धको खोप( एमआर भ्याक्सिन)को तेस्रो र चौथो चरणको अभियान क्रमस ९ फागुन र ३ चैतमा हुने भएको छ । तेस्रो चरणमा पूर्वाञ्चल र मध्यमाञ्चलका तराईका जिल्ला तथा उपत्यका गरी २३ जिल्ला र चौथो चरणमा उच्च हिमाली भेगका ७ जिल्ला रहेका छन् ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार ‘एमआर भ्याक्सिन’ पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ जिल्लामा दिइएको थियो । दोस्रो चरणमा सुदुरपश्चिम, मध्यपश्चिम विकास क्षेत्रका उच्च हिमाली जिल्ला बाहेक र पश्चिमाञ्चलका उच्च हिमाली र भूकम्प प्रभावित बाहेका गरी ३३ जिल्लामा अन्तिम चरणमा पुगेको छ ।

खोप शाखा प्रमुख मुकुन्द गौतमले यो अभियानमा ९ महिना देखी ५ बर्ष उमेर समूहका करीब ३२ लाख बालबालिकालाई एमआर भ्याक्सिन दिइन लागिएको जानकारी दिए । उनले उच्च हिमाली जिल्लामा अत्यधिक चिसोका कारण चैतमा अभियान सुरु गर्न लागिएको स्पष्ट पारे ।

‘सुरुमा भूकम्प अति प्रभावित क्षेत्रका बालबालिकालाई खोप दियौँ । दोस्रो चरणमा भूकम्प प्रभावित नभएका सुदुर मध्ये र पश्चिमाञ्चल क्षेत्रका जिल्लामा यो अभियान सुरु भयो । जो अहिले सकिने क्रममा रहेको छ । अब लगत्तै पूर्व तथा मध्ये क्षेत्रमा तराई तथा मध्यपहाडी जिल्ला र काठमाडौ उपत्यका तीन जिल्लामा यो अभियान सुरु हुँदैछ र त्यसपछि हिमाली उच्च हिमाली जिल्लामा लगिनेछ,’ नेपाली हेल्थसंग गौतमले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *