जनस्वास्थ्य संघकाे निर्वाचन सम्पन्न, ७२ प्रतिशत मत  खस्यो

456
Shares


काठमाडौं, १३ असाेज । नेपाल  जनस्वास्थ्य संघको निर्वाचन सप्पन्न  भएको छ । निर्वाचनमा कुल १ हजार ५८९ मतदाता मध्ये १ हजार १५३ जना अर्थात  ७२.३६ प्रतिशत भोट खसेको छ ।

बिहान  ८ बजे बाट सुरु भएको मतदान अपराह्न  ५ बजे सकिएको थियो । मतदान सकिए लगत्तै प्रदेशका मतदान केन्द्रहरुमा गणना सुरु  भएकाे छ । काठमाडौंमा भने छ बजे पछि गणनाकाे तयारी छ।

पाेखरामा८० बर्षका जनस्वास्थ्यकर्मीले भाेट हाले

यसैबीच अाजकाे मतदानमा पाेखरामा ८० बर्षका जनस्वास्थ्य कर्मी डाक्टर कुमार सम्शेर जबराले भाेट हालेका छन् । ४० बर्ष सरकारी सेवामा  बिताएका उनले जनस्वास्थ्य सेवामा सुधारकाे लागि मतदानमा सहभागी भएकाे बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *