साढे तीन महिनामै फेरिए भेरी अञ्चल अस्पतालको मेसु, डा. थापा गए डा. अधिकारी आए

608
Shares

काठमाडौँ, ८ असोज । सरकारले साढे तीन महिनामै भेरी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन (मेसु) फेरेको छ ।  उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मेसु भेरी अञ्चल अस्पतालको मेसुमा डा रुपानन्द अधिकारी नियुक्ति गर्ने निर्णय गरेका हुन् ।

गत १६ जेठमा तत्कालिन स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेरी अञ्चल अस्पतालको मेसुमा डा प्रकाश थापालाई नियुक्त गरेका थिए ।

स्वास्थ्य मन्त्री यादवले शुक्रबार नै भरतपुर अस्पतालका मेसु समेत परिवर्तन गरेका थिए । भरतपुरमा साढे तीन महिना अघि मेसु बनेका डा रविन खड्कालाई हटाएर उनको ठाँउमा डा कृष्णप्रसाद पौडेललाई नियुक्त गरेका थिए ।

डा. थापा र डा. खड्का एकै दिन मेसु बनेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *