नुवाकोट : स्वास्थ्यचौकीलाई जग्गा दान

68
Shares

नुवाकोट, ३ असोज । जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन् । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा र ललितमान लामाले दुई÷दुई रोपनी जग्गा दान गरेका हुन् ।

जग्गा दाताद्वयले मङ्गलबार मालपोत कार्यालयमा आएर स्वास्थ्यचौकीको नाममा चार रोपनी जग्गा दर्ता गरिदिएको स्वास्थ्य चौकीका प्रमुख प्रेम रोकायले बताए। उक्त जग्गाको स्थानीय मूल्याङ्कन अनुसार रु २० लाख पर्ने बताइएको छ ।

अहिले स्वास्थ्यचौकी भएको स्थानमा नयाँ भवन निर्माणको लागि जग्गा अभाव भएपछि स्वास्थ्यचौकी नजिकैका जग्गाधनीले जग्गा दान गरेपछि भवन निर्माणको लागि सहज हुने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चुडामणिप्रसाद गजुरेलले बताए । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि रु दुई करोड बजेट विनियोजन भएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *