प्रेमसागर कमाचार्यद्धारा १५५ औँ पटक रक्तदान

52
Shares

काठमाडौँ, १७ भदौ । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कमाचार्यले १५५ औँ पटक रक्तदान गरेका छन् । डोटेली समाज काठमाडौंले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा कर्माचार्यले १५५ औँ पटक रक्तदान गरेका हुन् ।

१६ बर्षको उमेर देखि नै रक्तदान गर्न शुरु गरेका कमाचार्यले लामो समय देखि सबैभन्दा बढी पटक रक्तदान गर्ने नेपालीको पहिलो सूचिमा आफूलाई उभ्याउँदै आएका छन् ।

शनिबार नयाँबानेश्वरको छक्कु बक्कु पार्कमा आयोजित कार्यक्रममा नयाँ किर्तीमान कायम गर्दै १५५ पटक रक्तदान गरेका हुन् । सो कार्यक्रममा काठमाडौँमा रहेका डोटेली लगायत अन्य ७७ जना रक्तदान गरेका थिए ।

सो अवसरमा बोल्दै कीर्तिमानी रक्तदाता कर्माचार्यले ३ महिना पछि शरीरमा रगत आफै नष्ट हुने भएकोले खेर जाने रगत हरेक ३–३ महिनामा दान गर्न सकिने बताए । रक्तदानले प्रत्यक्ष रुपमा कसैको ज्यान बचाउन मद्दत पुग्ने भन्दै कर्माचार्यले, रक्तदान पछि शरिरमा कुनै कमजोरी वा समस्या हुने भ्रम चिर्न जरुरी रहेको कुरामा जोड दिए ।

समाजको पहलमा पहिलो पटक आयोजना भएको कार्यक्रममा संकलित ७७ पिन्ट रगत समाजका अध्यक्ष जगदीश के.सी. ले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा.मनिता राजकर्णिकारलाई हस्तान्तरण गरे ।

एक पैसा पनि खर्च नगरी जीवन उपयोगी रगत कसैलाई उपहार दिनु पाउनु सबै भन्दा पुन्यको काम भएको भन्दै अध्यक्ष केसीले आगामी दिनमा समाजले रक्तदान कार्यलाई संस्थागत रुपमा निरन्तर संचालन गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *