दाहाल यज्ञनिधिको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताललाई

96
Shares

काठमाडौँ, २६ साउन । शुक्रबार निधन भएका बरिष्ठ साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधिको पार्थिव शरीर परिवारले त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ ।

दाहालकै इच्छा अनुसार उनका परिवारले पार्थिव शरीरलाई त्रिवि शिक्षण अस्पतालको एनोटोमी विभागलाई हस्तान्तरण गरिएको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा पत्नी सुधा र आमा कृष्णकुमारीले उनको पार्थिव शरीर अस्पतालको क्लिनिकल एनाटोमी विभागका प्रमुख डा निरञ्जु रञ्जीतलाई हस्तान्तरण गरेका हुन्।

दुबै मिर्गौला फेल भएका दाहालले विगत २३ बर्ष देखि डायलासिसको सहारा लिएका थिए । मस्तिस्कघात भएलगत्तै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल पुरयाइएका दाहाललाई सुमेरु अस्पताल पुरयाइएको थियो । उनको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।

शनिबार विहान सुमेरुबाट निवास मण्डिखाटार ल्याइएको उनको शवमा फुल अविर माला लगाइएन । सादा सेतो कपडामा बेरेर शवलाई त्रिवि शिक्षण अस्पताल लगियो र हस्तान्तरण गरियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *