गर्भवती जाँच गराउन आउने महिलालाई वडाले दिने भयो ४० वटा अण्डा

तेह्रथुम, १९ साउन । म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले स्वास्थ्य जाँच गर्न आउने गर्भवती महिलालाई कुखुराको अण्डा वितरण गर्न थालेको छ । कार्यालयले हरेक पटक गर्भजाँच गर्न आउने महिलालाई १० वटा अण्डा वितरण गर्न थालेको हो ।

गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु¥याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रत्येक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।

एक गर्भवती महिलाले अनिवार्य चार पटकसम्म गर्भ जाँच गराउनुपर्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिला वडा सदस्य हर्कमाया श्रेष्ठले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *