झापामा दुईदर्जन भन्दा बढी अस्पताल सञ्चालनमा

52
Shares

काँकडभिट्टा, १ जेठ । झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् ।

सबैभन्दा बढी शय्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा ३०० शय्या छ भने सबैभन्दा कम दमकस्थित दुई वटा छालासम्बन्धी उपचार गर्ने अस्पताल डेल्फी स्किन र मेडिपल स्किन अस्पतालमा पाँच–पाँच शय्या रहेको उक्त कार्यालयका सूचना अधिकृत देवराज कार्कीले जानकारी दिए ।

उक्त कार्यालयले २५ शय्या क्षमतासम्मका अस्पतालका लागि अनुमति दिने र त्यसभन्दा माथिको अनुमति स्वास्थ्य विभागबाट नै लिनुपर्ने कानूनी व्यवस्था रहेको उनले बताए।

विषयगत रुपमा सात वटा अस्पतालमध्ये पाँच वटा आँखा उपचार र दुई वटा छालासम्बन्धी मात्र उपचार गर्ने अस्पताल सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

सरकारी तथा निजी गरी ७० वटा स्वास्थ्य संस्था जिल्लामा सञ्चालनमा रहे पनि शय्या क्षमताको समेत अनुमति लिएर अस्पतालका रुपमा सञ्चालन भएको स्वास्थ्य संस्था भने २७ वटा मात्र रहेको उक्त कार्यालयका तथ्याङ्क अधिकृत तोयानाथ दाहालले जानकारी दिए ।

जिल्लामा अस्पतालबाहेक दर्ता भएका डे केयर सेन्टर र क्लिनिकले पनि सेवा प्रदान गरिरहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *