विश्व स्वास्थ्य दिवसको अवसरमा संकटा मन्दिर परिसरमा दन्त शिविर

192
Shares

काठमाडौँ, २५ चैत । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टरको टोलीले शनिबार न्युरोडस्थित संकटा मन्दिर परिसरमा निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविरको सहभागिता जनायो ।

विश्व स्वास्थ्य दिवसको अवसरमा डिल्लीबजारस्थित युथ लिजेन्ट क्लवले आयोजना गरेको उक्त शिविर घरबार छोडी बेवारिसे अवस्थामा बसेका व्यक्तिहरुमा लक्षित थियो ।

एक दिने सो शिविरमा ८० जना बढीको मुख तथा दन्त परीक्षण गरिएको थियो । शिविरको गरेकी डेन्टल सर्जन डा. श्रृष्टी शाहले परीक्षण गरेका अधिकांशमा दाँत किराले खाने, गिँजा सम्वन्धी समस्या, दन्ते लेउ लाग्ने समस्या भएको बताइन ।

चिकित्सकहरुको टोलीले शिविरमा आउनेको मुख तथा दन्त स्वास्थ्य परीक्षण गर्नुको साथै मुख स्वास्थ्य राख्ने तरिका, ब्रस गर्ने तरिकाका बारेमा समेत जानकारी दिएको थियो ।

परीक्षणका क्रममा आवश्यक देखिएकाहरुलाई निशुल्क औषधि तथा थप उपचार गर्नुपर्नेलाई कान्तिपुर डेन्टल हस्पिटलमा निशुल्क उपचारको व्यवस्था समेत गराइएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *