१५ बर्षमै १७ प्रतिशत किशोरी गर्भवती

52
Shares

काठमाडौँ, ४ चैत । नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि कम्तीमा २० बर्ष हुनुपर्ने व्यावस्था गरेको छ । २० बर्ष भन्दा कम उमेरमा विवाह गरे कानून त दण्डनीय हुनेछ ।

तर कानूनलाई सम्वन्धित निकायले परिपालना नगरेका कारण नेपालमा त्यसको ठीक उल्टो छ । नेपालमा १७ प्रतिशत किशोरीहरुले १५ बर्षकै उमेरमा बच्चा जन्माउने गरेका छन् ।

काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख महेन्द्र प्रसाद श्रेष्ठका अनुसार पछिल्लो केही बर्ष यता कम उमेरमा बच्चा जन्माउनेको संख्यामा बृद्धि भएको छ । उमेर अनुसार हर्मोनमा आउने आमूल परिवर्तनसंगै किशोरीले शारीरिक सम्बन्धमा बढ िजोड दिदा कम उमेरमा बच्चा जन्माउन बाध्य छन् । उनले भने ।

कुन प्रदेशमा कस्तो अवस्था ?
प्रदेश न – १                            १६ प्रतिशत
प्रदेश नं – २                            २७ प्रतिशत
प्रदेश न – ३                            १० प्रतिशत
प्रदेश न – ४                            १४ प्रतिशत
प्रदेश न – ५                            १३ प्रतिशत
प्रदेश नं – ६                            १९ प्रतिशत
प्रदेश नं -७                             १६ प्रतिशत

  • आजको नयाँ पत्रिकामा खबर छ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *