स्वच्छ महिनावारी अभियान कार्यक्रम

104
Shares

चौतारा, २१ फागुन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सेतीदेवी माविमा आइतबार स्वच्छ महिनावारी अभियानअन्तर्गत स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भयो ।

किशोरावस्थामा प्रवेश गरेका कक्षा ६ देखि १० सम्ममा अध्ययनरत छात्रछात्रालाई छुट्टाछुट्टै समूह बनाएर चिकित्सकले स्वास्थ्यसम्बन्धी जानकारी गराएका हुन् । गान्धी इन्टरनेशनल मिशन नेपाल तथा स्वस्थ पाइला नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा किशोरावस्थामा प्रवेश गरेका छात्राले महिनावारी हँुदा अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइका बारेमा चिकित्सकले जानकारी गराएका थिए ।

त्यस्तै छात्रलाई पनि साबुनपानीले हात धुने बारेमा जानकारी गराइएको थियो । करीब ८० जना छात्रछात्राको सहभागिता रहेको कार्यक्रममा महिनावारी भएको समयमा प्रयोग गरिने सामग्रीसमेत वितरण गरिएको स्वस्थ पाइला नेपालका महासचिव सरोज ढुंगेलले जानकारी दिए ।

गान्धी इन्टरनेशनल मिशन नेपालका सल्लाहकार डा अंकिता अग्रवालको नेतृत्व रहेको कार्यक्रममा डा राहुल रौनियार, डा मनिषा चौहान, डा स्मृति भट्ट, डा ओमा सापकोटा, डा प्रजिता कुथु, डा प्रकाश पौडेल लगायतको सहभागिता थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *