चिकित्सक तथा स्वास्थ्यकर्मीको २५० प्रतिशतसम्म भत्ता बढाउने प्रस्ताव (कुन तहको कति तलब ?)
काठमाडौँ, २ फागुन । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको साढे २ सय प्रतिशतसम्म भत्ता बढाउन प्रस्ताव अघि सारिएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सेवा सुविधा अध्यावधिक गर्ने बारेको उपसमितिले यस्तो प्रस्ताव अघि सारेको हो ।
समितिले तयार पारेको प्रस्तावको मस्यौँदामा विशेष जोखिम भत्ता २५ प्रतिशत, प्राविधिक भत्ता २५ प्रतिशत, दुर्गम भत्ता १०० प्रतिशत र प्राक्टिस प्रोफरमेन्स भत्ता भनेर १०० प्रतिशत रहेको छ ।
त्यसबाहेक रात्रीकालिन डिउटीमा खटिने कर्मचारीलाई प्रतिदिन हुने तलव बराबरको भत्ता दिइनुपर्ने, सबैखाले अध्ययन विदा तलवी हुनुपर्ने उल्लेख समेत उल्लेख गरिएको उपसमितिका सदस्य डा प्रकाश बुढाथोकीले बताए ।
बुढाथोकीका अनुसार सबै स्वास्थ्यकर्मीहरुलाई बर्षको १५ दिन स्वदेशकै विभिन्न भूभागको भ्रमण गर्न विशेष विदा दिइनुपर्ने प्रस्ताव गरिएको छ । ‘यसले आन्तरिक पर्यटन प्रवद्र्धन त हुने भयो नै कर्मचारीहरुलाई समेत रिफ्रेसमेन्ट हुनेछ,’ उनले भने ।
मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठ संयोजक रहेको यो उपसमितिका सदस्यहरुमा डा बुढाथोकीसंगै नर्सिङ प्रशासक लक्ष्मी तुईतुई, विभागका लेखा प्रमुख लक्ष्मण खनाल, स्वास्थ्य प्राविधिक संघका रामसुन्दर यादव रहेका छन् । मन्त्रालयका उपसचिव रामकृष्ण लामिछाने सदस्यसचिव रहेका छन् ।
यो उपसमितिले तयार पारेको प्रस्ताव यो प्रस्तावलाई केही दिनमै मुल समिति समक्ष पेश गर्ने बुढाथोकीले बताए । उनले भने, ‘हाम्रो समितिका संयोजक नै केही बढी व्यस्त भएकोले ढिलाई भएको हो ।अवको केही दिनमै हामीले यो प्रतिवेदन मुल समिति समक्ष पेश गर्दैछौँ ।’
चौथो देखि १२ औँ तहसम्मका गरी करीब ३७ हजार स्वास्थ्य समूहका कर्मचारी हरेकोमा चौथो पाँचौँ र छैटौँ तहका मात्रै करीब ८२ प्रतिशत रहेका छन् । त्यसैले पनि भत्ताले ठूलो आर्थिक भार नथप्ने समिति सदस्यहरुको दावी छ ।
सम्पर्क इमेल : [email protected]