पुरानो मेडिकल कलेजद्धारा प्रहरी कार्यालयलाई प्रिण्टर सहयोग

32
Shares

कावासोती २४ माघ । भरतपुरस्थित पुरानो मेडिकल कलेजले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरलाई एक थान रंगिन प्रिण्टर हस्तान्तरण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कार्य सम्पादन गर्न सहज पुगोस् भन्ने उदेश्यले सो सामाग्री हस्तान्तरण गरिएको कलेजले जनाएको छ ।

मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक लक्ष्मण बहादुर शाहीलाई कलेजका बरिष्ठ बजार प्रवन्धक दुर्गा न्यौपानेले प्रिन्टर हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक शाहीले मेडिकल कलेजले उपलब्ध गराएको सहायताले ट्राफिक प्रहरीलाई कार्य सम्पादनमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

कलेजका तर्फबाट बोल्दै बजार प्रबन्धक न्यौपानेले संस्थागत सामाजिक दावित्व अन्र्तगत सो सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

पुरानो मेडिकल कलेजले यस अघि जिल्ला प्रहरी कार्यालय चितवनलाई २ थान ब्रेथलाईजर पनि उपलब्ध गराएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरलाई यस अघि पनि एक थान रंगिन प्रिण्टर उपलव्ध गराइसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *