भाइरलका कारण थप एकको मृत्यु

4
Share

जाजरकोट, २५ पुस । जुनीचाँदे–३ मा भाइरलका कारण थप एक जनाको आज बिहान मृत्यु भएको छ ।

जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिए । भण्डारी तीन दिनदेखि बिरामी थिए । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताए ।

यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *