मानवअंग प्रत्यारोपण केन्द्रको नाममा सहिद धर्मभक्तको नाम जोडियो

124
Shares

काठमाडौँ, १३ पुस । सञ्चालनमा आएको छ बर्ष पछि भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र (अस्पताल)को नाम फेरिएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले मानवअंग प्रत्यारोपण केन्द्र नाम परिवर्तन गरी धर्मभक्त अंग प्रत्यारोपण केन्द्र राखेको छ ।
पुराना चार सहिद मध्येका एक धर्मभक्त माथेमाको नाममा सो अस्पतालको नामाकरण गरिएको हो ।

सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले नेपालका पुराना चार सहितमध्य तीन जनाको नाममा संस्था खुलेको तर धर्मभक्तको नाममा नभएकोले केन्द्रको नाममा धर्मभक्तको नाम थपिएको बताए ।

सरकारले पुराना चार सहिद मध्ये गंगालाल श्रेष्ठको नाममा गंगालाल हृदय केन्द्र, शुक्रराज शास्त्रीको नाममा शुक्रराज टपिकल तथा सरुवारोग अस्पताल, दशरथचन्द ठाकुरको नाममा दशरथ रंगशाला बनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *